खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौ । काठमाडौँको बानियाँटारबाट लागुऔषध खैरो हेराइन सहित दुई जना पक्राउ गरेको छन् ।
पक्राउ पर्नेमा बर्दिया घर भएर टोखा नगरपालिका–८ मा बस्ने १९ वर्षीय भरत बोहरा र मोरङ घर भएर टोखा बस्ने २६ वर्षीय तुलाराम चौधरी रहेका छन् ।

आरोपीहरूको साथबाट २२ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी ९एसपी० नवराज अधिकारीले जानकारी दिए । उनीहरुले लागु औषध बेच्न प्रयोग गर्ने बा.९० प ४२९१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।