सुनसरी । सुनसरी र मोरङको सिमाना छुट्टाउने बुढी खोलामा आएको बाढीमा परी एक जनाको मृत्यु भएको छ ।
बाढीले बगाउँदा अन्य तीन जना बेपत्ता भएका छन् ।
बिहानैदेखी परेको भारी वर्षाको कारण बुढी खोलामा आएको बाढीले सुन्दरहरैंचा(५ का स्थानीय ४ जनालाई बगाएको हो । तीमध्ये एक जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।
