पहिरोले कर्णाली करिडोर अवरुद्ध

सुर्खेत । विभिन्न ठाउँमा पहिरो खस्दा कर्णाली करिडोरका सडक अवरुद्ध भएको छ । करिडोरको दैलेख खण्ड अन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो ।

पालेतडा–पादुका खोला बीचको खण्डका पाँच ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल न्यौपानेले जानकारी दिए । उनले अवरुद्ध सडक खोल्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोली परिचालन भएको जानकारी दिए ।