सीता पौडेल(अर्चना)
काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (एमाले) नागार्जुन नगर कमिटीका नवनिर्वाचित अध्यक्ष बाहेकका कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।सँगसँगै लेखा समितिका नवनिर्वाचित अन्य पदाधिकारीले पनि आजै शपथ ग्रहण गरेका छन्।



शनिबार नागार्जुन नगरपालिकाको वडा नम्बर–३ स्थित इचंगुनारायण मन्दिरको सभाहलमा एक समारोहकाबीच नवनिर्वाचित अध्यक्ष नन्दनहरि गौतमले नगर कमिटिका अन्य पदाधिकारी तथा सदस्य गरि ७४ पदका लागि गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।सो समारोहमा लेखा समितिमा निर्वाचित अन्य थप ४ जना सदस्यहरुलाई पनि नवनिर्वाचित अध्यक्ष श्रीकृष्ण खनालले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।एमाले नागार्जुनले ७५ सदस्यीय नगर कमिटि र ५ सदस्यीय लेखा कमिटि बनाएको हो ।

यहि असार ८ र ९ गते सम्पन्न एमाले नागार्जुन नगर कमिटिको दोस्रो आधिवेशनबाट नवनिर्वाचित अध्यक्ष गौतम र लेखा समिति अध्यक्ष खनाललाई भने असार ९ गते भएको निर्वाचन परिणाम घोषणालगतै प्रमुख निर्वाचन अधिकृत ध्रुवराज पाण्डेले सपथ ग्रहण गराएका थिए।
उक्त अधिवेशनबाट एमाले नागार्जुनमा काठमाडौं जिल्लाका नगर कमिटिहरुमा नमुना प्रदर्शन गर्दै अध्यक्ष सहति सबै पदाधिकारी तथा सदस्यहरुको सर्वसम्मतीले नेतृत्व चयन भएको नगरपालिका इन्चार्ज एवं अध्यक्ष मण्डलकी अध्यक्ष शान्ति अधिकारीले बताइन् ।
पार्टी केन्द्रिय सदस्य तथा नागार्जुन नगरपालिका इन्चार्ज अधिकारीको अध्यक्षतामा ९ सदस्यीय अध्यक्ष मण्डल गठन गरेर सञ्चालन भएको सो अधिवेशनको बन्दसत्रबाट उपाध्यक्ष पदमा विस्वम्बर रिजाल,सचिवमा रविन श्रेष्ठ,उप–सचिव(खुल्ला)मा सुरेन्द्र विष्ट,र महिलामा चेली खतिवडासहित अन्य थप सबै सदस्यहरु पनि सर्वसम्मतीले निर्वाचित भएका थिए।


यस्तै लेखा समिति अध्यक्षमा खनाल लगायत अन्य ४ जना सदस्य पनि निर्विरोध निर्वाचित भएका थिए।
एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल प्रमुख अतिथि रहेको सो सपथ ग्रहण समारोहमा एमालेका पोलिटब्युरो सदस्य एवम् एमाले काठमाठौं जिल्ला इन्चार्ज आनन्द पोखरेल,प्रदेश सांसद केशब पोखरेल,बागमती प्रदेशका उद्योग,बाणिज्य तथा प्रशासन मन्त्री प्रकाश क्षेष्ठ,काठमाडौं लिल्लाका नवनिर्वाचित अध्यक्ष दिपक निरौंला,लगायत जिल्लाका अन्य पदाधिकारी तथा सदस्यहरु,वडा कमिटिका पदाधिकारी तथा सदस्यहरु,अधिवेशन प्रतिनिधिहरु लागयतको उल्लेख्य सहभागिता रहेको थियो ।



