नेप्से दोहोरो अंकले घट्यो

काठमाडौ । साताको दिन आइतबार सेयर बजार परिसूचक नेप्से १४.८३ अंकले घट्दै २ हजार ३७.०९ विन्दुमा झरेको छ । अघिल्लो साता सूचक ८ अंकमाथिले घट्दै २ हजार ५१ विन्दुमा रोकिएको थियो ।

आइतबार दोहोरो अंकले नेप्से सूचक घट्दा ३ अर्ब ६० करोड ७१ लाख रुपैयाँ बराबरको ९१ लाख ७८ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।