हात्ती रोक्न झापाका वनमा रोपिए फलफूल

झापा । पर्यावरण जोगाउँदै मानव(हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका(३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले उक्त ती बिरुवा रापेको हो ।

सामुदायिक वनको सात सय ४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा बिरुवा रोपिएका वन समितिका अध्यक्ष मोहन श्रेष्ठले बताए ।

‘एक उपभोक्ता एक बिरुवा’ अभियानअन्तर्गत दुई दिनमा सयौँ उपभोक्ताले आँप, केरा, बाँस, उखु, भूइँकटहर, बडहरलगायत फलका बिरुवा रोपिएको उनले जानकारी दिए ।