प्रतिनिधि सभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित

काठमाडौं । भन्सार महसुल विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।

आइतबार बसेको सभामा अर्थमन्त्री वर्षमान पुनले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले बहुमतले पारित गरेको हो ।विधेयकमाथिको दफावार छलफलमा सांसद राजेन्द्रकुमार केसी र प्रेम सुवालले भाग लिएका थिए।

बैठकले सांसद सुवालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । त्यसअघि अर्थमन्त्री पुनले उक्त विधेयकलाई सदनमा दफावार छलफल गरियोस् भनी राखेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो ।