कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि (बुधबारं) बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल हुने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सङ्घीय संसद्का दुई ठूला दल काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेले सत्ता समीकरणका लागि सोमबार सहमति गरेका हुन् । दुई दलबीच संविधान संशोधनलगायत ‘एजेन्डा’सहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति भएको छ ।