
सीता पौडेल(अर्चना)
काठमाडौं।साउथ एशियन ट्राभल अवार्ड्स(साटा) को आठौं संस्करण नेपालमा हुने भएको छ।
आज सोमबार काठमाडौंको प्रदर्शनिमार्गमा अवस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा पत्रकार सम्मेलन गरेर आयोजकले सो अवार्ड प्रतियोगिता बारे जानकारी गराइएका हुन्।

आयोजकले यसबाट दक्षिण एसियाली आतिथ्यतामा उत्कृष्ट प्रवर्द्धन र उत्सव मनाउनको लागि एक प्रमुख प्लेटफर्मको रूपमा आफ्नो भूमिकालाई सुदृढ गर्दै उद्योगमा नयाँ आविष्कार र वृद्धिको अर्को वर्षको लागि चरण सेट गर्ने विश्वास लिएको उल्लेख गरेका छन्।

आतिथ्य क्षेत्रमा साउथ एसिया भरी उत्कृष्टता प्रदर्शन गर्दै आइरहेकोमा ‘साटा–२०२४’ नेपालमा गर्नुका मुख्य कारण भने नेपालको प्राकृतिक सुन्दरता,लोभलाग्दो र अनुसरण योग्य सांस्कृतिक परम्परा एवं संस्कार रहेको आयोजकले बताएका छन्।
सो पत्रकार सम्मेलनमा होटल संघका अध्यक्ष विनायक शाहले होटल संघ र पर्यटन बोर्डसँगको सहकार्यमा आगामी असोज ३ गते अर्थात १९ सेप्टेम्बर २०२४ मा काठमाडौंको मल्ल होटलमा अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए।साथै उनले असोज ४ अर्थात २० सेप्टेम्बर २०२४ मा अलफ्ट होटलमा अर्को चरणको कार्यक्रम हुने पनि बताए।

आठौं संस्करण अन्तर्गत गर्न लागिएको सो अवार्ड प्रतियोगितामा करिब ४०० भन्दा बढी व्यवसायीहरुले सहभागिताका लागि अनलाइन आवेदन दिने र यसबाट ४० उत्कृष्ट प्रतियोगिहरु छनौट गरिने बताइएको छ।
आयोजकका अनुसार साटा अवार्डका संस्करणहरू यस अघि माउन्ट ल्याभिनिया,अड्डु सिटी,मुम्बई,गाले सिटी,माले एटोल र बेंगलुरुमा आयोजना गरिएको थियो।तर,कोभिड–१९ को महामारीका बेला भने भर्चुअल कार्यक्रम भएको थियो।
यस प्रकारको कार्यक्रमले दक्षिण एसियाली आतिथ्य सत्कारको क्षेत्रमा कोसेढुङ्गो बनेका र छुट्टै योगदान पु¥याउन सफल व्यवसायीहरु मध्येबाट उत्कृष्ट ४० लाई पुरस्कृत गर्ने सो पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएका छन्।

नेपालसहित विभिन्न राष्ट्रको प्रतिनिधित्व रहेको साटा अवार्ड कार्यक्रम मार्फत हरेक वर्ष पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा क्रियाशील विभिन्न कम्पनीलाई अवार्ड दिने गरिएको आयोजकले जनाएका छन् ।
यस अघि नेपालका तर्फबाट काठमाडौंको एयरपोर्ट होटल,नेपालगञ्जको सिद्धार्थ होटेल,भक्तपुरको लाँकुरी भञ्ज्याङमा अवस्थित दी टेरेसेस रिसोर्ट एन्ड स्पा लगायतले विभिन्न विधामा यस प्रकारको अवार्ड जितिसकेका छन्।
