
सीता पौडेल (अर्चना)
काठमाडौं ।‘ठमेल पर्यटन विकास परिषद्’ (टीटीडीसी)को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन् ।
परिषद्को सोमबार साँझ ५ बजे सम्पन्न निर्वाचनको मंगलबार राती १ बजे सम्पन्न मतगणनामा ५६२ मत प्राप्त गरेर उनी निर्वाचित भएका हुन्।निर्वाचनमा अर्का प्रत्यासी उम्मेदवार भवीश्वर शर्माले ४५० मत प्राप्त गरेका थिए।

यस्तैगरि तीन पद उपाध्यक्षका लागि राजीव पाण्डे,सहदेव धमला र श्रीकृष्ण थपलिया निर्वाचित भएको निर्वाचन अधिकृत उमादेवी प्रसाईँले जानकारी दिएकी छिन्।
त्यस्तैगरि महासचिवमा बद्रीप्रसाद तिमल्सिना,सचिवमा पुण्यराम लागेजु र कोषाध्यक्षमा प्रकाश थपलिया निर्वाचित भएको नवनिर्वाचित महासचिव बद्रीप्रसाद तिमल्सिनाले बताए।तर,थपलिया भने कोषाध्यक्षमा पहिले नै निविरोध निर्वाचित भएका थिए।

यस्तै सदस्यमा कोपिला सिंखडा,रोशन अधिकारी,कुमार नेपाली,विनोद श्रेष्ठ,अमृत थोकर (लामा),सानुकाजी महर्जन,रमेश विश्वकर्मा र बद्रीप्रसाद अर्याल निर्वाचित भएका छन्।निर्वाचनमा दुबै प्यानलबाट उम्मेदवारहरु मिश्रित रुपमा निर्वाचित भएका छन् ।

१५ सदस्यीय कार्यसमितिका लागि भएको मतदानमा एक हजार १ सय ९३ जनाले मतदाता रहेका थिए।भने,१ हजार ३१ मतदाताले मात्रै मतदान गरेका थिए।परिषद्ले २ जना मनोनित गरेर १७ सदस्यीय कार्यसमिति बनाउने जनाएको छ ।
हेर्नुहोस् टीटीडीसीको २८औं र २९औं वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रका तस्विरहरु:








