सेयर बजारमा १२ अर्ब नाघ्यो कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिनायताकै उच्च हो । यसअघि बजार घट्ने क्रममा रहँदा १५ भदौ २०७८ मा १३ अर्ब १६ करोडको कारोबार भएको थियो ।

त्यस्तै सेयर बजारको परिसूचक नेप्से भने अघिल्लो दिनको तुलनामा ५४.०४ अंक बढेर २३६४ मा कायम भएको छ ।

नेप्से परिसूचक २८ वैशाख २०७९ यताकै उच्च हो । आज २०४ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने ६ को स्थिर रह्यो । सबै क्षेत्रका सूचकहरु बढेका छन् ।

बैंकिङ २.०८, विकास बैंक ४.०९, फाइनान्स ५.५०, होटल तथा पर्यटन ५.५५, हाइड्रोपावर १.७१, लगानी १.५३, जीवन बीमा २.१८, उत्पादन ३.०२, माइक्रोफाइनान्स १.८४, निर्जीवन बीमा ३.३४, अन्य १.३६ तथा ब्यापार समूह ७.३ प्रतिशत बढे ।