सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं। सोमबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसै गरी, सोमबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।