नबिल बैंकको नाफा १० प्रतिशत बढ्यो,थप लगानी गर्न स्रोत पर्याप्त भएको दाबी

२१ साउन,काठमाडौं।नबिल बैंकको खुद नाफा १० प्रतिशत बढेको छ।योसँगै बैंकले थप लगानी गर्न स्रैतको प्रयाप्त भएको दाबी पनि गरेको छ ।

आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकले यस अवधिमा ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको छ।जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२३ प्रतिशत बढी हो।अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा बैंकले ६ अर्ब ४० करोड रुपैयाँ खुद नाफा नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी घट्दा पनि नाफा बढेको र बैंकको खुद ब्याज आम्दानी ८.६ प्रतिशत घटेको छ ।बैंकको निष्क्रिय कर्जा सामान्य घटेको छ ।अघिल्लो पटक यस्तो कर्जा कुल कर्जामा १।१८ प्रतिशत रहेकोमा अहिले १।०७ प्रतिशत छ ।

त्यस्तै सीडी रेसियो ८३ प्रतिशत छ ।यसले बैंक थप लगानी गर्नका लागि स्रोत पर्याप्ततामा रहेको जनाउँछ । आधार कर ७.६३ प्रतिशतमा झरेको छ ।साथै अघिल्लो पटक यस्तो आधार दर ९.५२ प्रतिशत थियो ।२७ अर्ब ५ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषको आकार २८ अर्ब ६५ करोड छ ।

मुख्य बिजनेस कर्जा प्रवाह १२.९४ प्रतिशत बढेको बैंकको भनाई छ ।असार मसान्तसम्म ३ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले जनाएको छ ।