
सीता पौडेल(अर्चना)
२१ साउन,काडमाडौं ।साउन महिनाको तेस्रो सोमबार आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा श्रद्धालु भक्तजनको भीड लागेको छ ।

साउन महिनालाई भगवान शिवजीको महिना र साउने सोमबारलाई भगवान् शिवजीको प्रिय बारको रुपमा लिइने भएका कारण पनि साउन महिना र विशेष गरि सोमबारका दिन श्री पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा शिव भक्तहरुको भीड लाग्ने गरेको हो।

कतिपयले साउन महिनाभरी नै चिखो नितो भएर र शास्त्रमा उल्लेख भए अनुसारका चोखो खानेकुरा मात्रै खाने र सोमबारका दिन पानी मात्रै खाएर ब्रत बस्ने गरेको पाइन्छ।भने,कतिपयले फलफुल र चिया वा मिस्री काँडापानी मात्रै खाएर ब्रत बस्ने र पूजाअर्चना गर्ने गरेको पाइन्छ।
तर कतिपय शिवभक्तहरुले भने,बिहानै पुजा गरेर चोखो प्रकारको (माछा,मासु,जसुन,प्याज आदि नमिसिएको )अन्न खाएर भगवान शिवजीको भक्ति अर्थात पूजा आराधना गर्ने गर्दछन्।

साउन महिना र साउनको सोमबारका अवसरमा शिवजीका भक्तहरुले मनोकाङ्क्षा पूरा हुने र जीवनमा सुख,शान्तिसँगै समृद्धि प्राप्त हुने धार्मिक विश्वासका साथ शिवालयहरुमा गएर वा घरमै शिवलिंग स्थापना गरेरै भएपनि आशुतोष भगवान् शिवजीको पूजाआराधना गर्ने गर्दछन् ।


