जिउधनको सुरक्षाको माग गर्दै अनिश्चितकालीन हड्तालमा उत्रिए बंगलादेशी प्रहरी

२३ साउन,काठमाडौं ।बंगलादेशमा प्रहरीहरुले अनिश्चितकालीन हड्ताल गरेका छन्।

हिजो मंगलबारबाट प्रहरीहरु हड्तालमा उत्रिएका हुन्।आफ्नो जिउधनको असुरक्षा भएको भन्दै प्रहरीहरुले हड्ताल गरेको बंगलादेशको अखबार ढाका ट्रिब्युनले उल्लेख गरेको छ।

उक्त अखबारमा उल्लेख भए अनुसार शेख हसिनाले देश छोडेपछि बंगलादेशको प्रहरीहरुको तल्ला कर्मचारीहरुको संगठनले यस्तो हड्ताल घोषणा गरेको हो।देशभरका ४५० प्रहरी पोस्ट जलाइएको,धेरै स्थानमा एम्बुस राखेर ज्यान लिइएको तथा प्रहरीमाथि प्रहार हुन थालेको भन्दै प्रहरी कर्मचारीहरुको संगठनले गुनासो गरेको छ ।

प्रहरीले दमन गरेको नभएर सरकारले दिएको आदेश पालनामात्रै गरेको संगठनले बताएको छ।सो अखवारमा जनाइए अनुसार एक प्रहरीले भनेका छन्, ‘केही प्रहरी अधिकृतहरुले जनतामाथि घात गरेका छन्,यो सत्य हो।यो संगठनका सबै सदस्यहरुमा लागू हुँदैन।’