
३२ साउन,काठमाडौं।नेपाल टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नती गर्न लागेकाले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको छ।
टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्दै छ ।आज राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले एक ससूचना जारी गरि जानकारी गराएको छ।
यसबाट ग्राहकहरुमा पर्न जाने असुविधा प्रति टेलिकमले क्षमायाचना गरेको छ।
सेवा सम्बन्धी समस्याका लागि टेलिकमले सदाझैं १४९८ र १९८ मा डायल गर्न पनि अनुरोध गरेको छ ।
