‘उत्पादन बढाउन माटो परीक्षण अनिवार्य रहेछ’

२५, भदौ सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–१० बामेखोलाका शोभा बस्नेतले विगत लामो समयदेखि कृषि छिन् । उनले ५ कठ्ठा जग्गामा तरकारीखेती र १५ कट्टामा धानखेती गर्दै आएकी छन् ।

खेतीपाती गर्नअघि शोभाले माटो परीक्षण भन्ने त सुनेकी थिइन्, तर किन गरिन्छ भन्ने थाहा थिएन । भन्छिन्, ‘माटो परीक्षण गरेर के फाइदा होला र रु भन्ने लागेको थियो । वीरेन्द्रनगरमा माटो परीक्षणसम्बन्धी तालिम सञ्चालन भएपछि मेरो सोच नै बदलियो ।’ शोभाले माटो परीक्षण गरेपछि माटोमा भएको उर्वरा शक्तिको अवस्था र माटोमा लाग्ने रोगबारे सिकेपछि उनले आफ्नो जमिनको माटो परीक्षण गराइन् ।

‘पहिले मलाई माटो परीक्षाबारे केही पनि थाहा थिएन, उत्पादन बढाउन माटो परीक्षण अनिवार्य रहेछ भन्ने तालिमबाट सिँके’, उनले भनिन्, ‘माटोको अवस्था कस्तो छ रु माटोमा समस्या केछ रु भन्ने हेरेर मात्रै थाहा हुँदोरहेनछ, त्यसपछि माटो परीक्षण गरायौँ, हाम्रो जग्गामा मोटासको मात्रा एकदम कम र युरियाको मात्रा पनि कम देखिएपछि त्यही आधारमा माटोमा मलको प्रयोग गर्न थालेका छौँ, उत्पादन बढ्ने अपेक्षा लिएका छौँ ।’

पहिले आफूहरूले तरकारीखेती, धानीखेती गर्ने तरिका पनि थाहा नपाएको जनाउँदै उनले अहिले खेती गर्ने सीप सिकेको बताउँछिन् । बस्नेतमात्र होइन, सुर्खेत भेरीगङ्गा–८ का निलम विक पनि किसानले माटो परीक्षण गर्न थालेपछि उत्पादकत्व बढाउन सहज भएको बताउँछिन् । उनी सफल उद्यमी सहकारी संस्थाको अध्यक्षसमेत हुन् ।