
३०, भदौ काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकीको सभापतिमा लोकतान्त्रिक समुहका इ।सन्तोष जिसी निर्वाचित भएका छन् । निर्वाचनमा जिसीले ५ सय ९२ मत प्राप्त गरी सभापतिामा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रगतिशिल समुहका इ।महेन्द्रबहादुर गोदारले ४ सय ७६ मत पाए ।
एशोसिएसनको ३४औं केन्द्रिय तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचन शुक्रवार भएको थियो । निर्वाचनमा लोकतान्त्रिक समुहको प्यानल नै विजयी भएको छ । एशोसिएसन गण्डकीको उपसभापतिमा इ.विशाल थापा ६६८ मत ल्याएर विजयी भए भने प्रतिद्वन्द्वी इ. कृष्ण रिजालले ३९० मत ल्याए ।
सचिवमा इ। निरोज लामिछाने ६०६ मत सहित विजयी भए भने प्रतिद्वन्द्वी इ.आनन्द भट्टराईले ४४२ मत पाए । सहसचिवमा मञ्जु शिलाकार ५२४ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी अस्मिता खनालले ५२१ मत पाइन् ।
कोषाध्यक्षमा विश्वास आचार्य निर्वाचित निर्वाचित भएका छन् भने उनीसँग सोवित श्रेष्ठ पराजित भइन् । सदस्यहरुमा महेन्द्र पौडेल, सक्षम अधिकारी, सञ्जयराज तिमिल्सिना, रोचक क्षेत्री, ध्रुव रेग्मी, निरोज घिमिरे, लालबहादुर खत्री, मनोज गिरी, रमेश भट्ट र सुमन शर्मा विजयी भएका छन् ।
