सभामुखले बोलाएको बैठक निष्कर्षविहीन

३०, भदौ काठमाडौं । प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ ।

सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुलाई बैठकमा बोलाएका थिए । बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदको अवरोध कायमै राख्ने संसदीय दलको निर्णय जानकारी गराएका छन् ।

सभामुख घिमिरेले भने संसद सचिवालयको राय, विगतको अभ्यास सबै हेरेर आफूले निर्णय लिएको बताएका छन् ।एमाले सचिव योगेश भट्टराईले १२ भदौको बैठकमा माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेपछि विवाद सुरु भएको थियो । माओवादीले त्यहीबेला विरोध गरेपछि सभामुख घिमिरेले अध्ययन संसद सचिवालयलाई रुलिङ गरेका थिए ।