
कार्तिक ७,काठमाडौं।महान्यायाधिवक्ता रमेश बडालले संसदको आगामी हिउँदे अधिवेशनमा फौजदारी कार्यविधि संहिता संशोधन प्रस्ताव पेश गर्ने बताएका छन्।
अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन र अदालतलाई पनि न्याय निरुपणमा सहयोग गर्न महान्यायाधिवक्ताको कार्यालयले सो संहिता संशोधनका लागि संघीय संसदमा पेश गर्ने प्रक्रियामा अघि बढाएको उनले जानकारी दिए।
बुधवार विगो निर्धारण सम्बन्धी कार्यविधि,२०८१ को प्रारम्भिक मस्यौदामाथि छलफलमा महान्यायाधिवक्ता बडालले विगो निर्धारण सम्बन्धी मुद्दामा अदालतलाई पनि मार्गनिर्देश गरोस भनेर आफूहरूले सो कार्यविधिको मस्यौदा तयार गरि प्रारम्भिक छलफल अघि बढाएको समेत बताए ।
