
१० कात्तिक,काठमाडौं।सरकारको सय दिने प्रगति विवरण सार्वजनिक भएलगत्तै सत्ता साझेदार सात दलले सातबुँदे संयुक्त वक्तव्य जारी गरेका छन् ।
हिजो शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकको निर्णय र तत् पश्चात सार्वजनिक गरिएको सातबुँदे संयुक्त वक्तव्यको भूमिकामा भनिएको छ — सरकारलाई थप प्रभावकारी बनाउने प्रतिवद्धतासहित संयुक्त वक्तव्य जारी गरिएको हो ।मुलुकमा विद्यमान संकट र चुनौतीहरुलाई सामना गर्दै मुलुकको लोकतान्त्रिक भविष्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित गठन भएको वर्तमान सरकारलाई थप प्रभावकारी बनाउने कुरा उल्लेख छ ।
बैठकमा सहभागि प्रमुख सत्ताधारी पार्टी नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भने, ‘नेताहरुका अनुसार प्रधानमन्त्रीले प्रस्तुत गरेको विवरणलाई सात दलका तर्फबाट समर्थन जनाउने निर्णय बैठकमा भयो।’ ‘सात दलले सरकारले गरेको राम्रा कामहरुको समर्थनसँगै गर्न खोजेका राम्रा कामहरुको समर्थन गर्ने प्रतिबद्धता गरेका छौ ।’

यस्तै संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन गरिएको काम र अर्थतन्त्र सुधारका निम्ति सरकारले गरेको प्रगति विवरण,सरकारले आगामी दिनमा गर्ने कामबारे प्रतिबद्धता र विश्वास दिलाउनेबारे सहित सहकारी ठगी प्रकरण,संविधान कार्यान्वयन गर्न आवश्यक कानुन निर्माण र संशोधन,बाढी पहिरोका कारण उत्पन्न समस्या समाधान, सरकारको स्थायित्वप्रति विश्वास दिलाउने जस्ता विषय सो वक्तव्यमा समावेश गरिएको छ।
यसप्रकारको एकताबद्धले सरकार फेर्न सजिलो नरहेको बैठकमा सहभागि नेताहरुको भनाई छ ।



