
२० कार्तिक,काठमाडौं।स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार आठ सयले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाला सुनको मुल्य प्रतितोला रु एक लाख ६८ हजार दुई सय तोकिएको छ।यसअघि छापावाला सुन प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको थियो।
यस्तै चाँदीको मूल्यमा प्रतितोला रु २१ ले घटेको छ। महासङ्घले एक तोला चाँदीको मूल्य रु दुई हजार ३० तोकेको छ। यसअघि चाँदी प्रतितोला रु दुई हजार ९० मा कारोबार भएको थियो।
