डिभी भर्ने समय दुई दिन थप

काठमाडौं, १९ कार्तिक । डाइभर्सिटी भिसा (डिभी)को लागि आवेदने समय दुई दिन थप गरिएको छ ।

२०२६ को लागि अमेरिकाले आवेदन दिने समय दुई दिन थप गरेको हो ।

यसअघि ५ नोभेम्बर २०२४ सम्म तोकिएकोमा दुई दिन गप गरेर ७ नोभेम्बरसम्म आवेदन दिन सकिने जनाइएको छ।

आवेदन फारम भर्दा पासपोर्ट नम्बर,पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ।एक व्यक्तिले एकपटक मात्र आवेदन दिन सक्नेछन् ।एकभन्दा बढी पटक आवेदन फारम भर्ने व्यक्ति डीभीका लागि अयोग्य ठहरिने छन् ।

डीभीको अनलाइन फारम आफैंले भर्न र फारम भरिसकेपछि प्राप्त हुने कनफर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने छ । नतिजा सार्वजनिक भएपछि त्यही कन्फर्मेसन नम्बरको आधारमा आफूलाई डीभी परे/नपरेको थाहा हुन्छ ।
 
आवेदन फारम भर्न कुनै शुल्क लाग्दैन ।