
२० कात्तिक,पोखरा । सभापति पक्राउ विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ ।
रास्वपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार गरिएको प्रहरीले बताएको छ ।राजनीतिक पूर्वाग्रह साँधेर आफ्ना सभापति पक्राउ गरेको भन्दै रास्वपाले विरोध प्रदर्शन गर्दै आएको छ ।
आज लामिछानेलाई म्याद थपका लागि प्रहरीलो तेस्रोपटक अदालत उपस्थित गराउन लगेपछि कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए ।
प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले ४ राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।
