
२० कात्तिक,काठमाडौं ।राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेश आचार्य सिफारिस भएका छन्।
यस्तै,आयोगको आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीको नाम सिफारिस भएको छ ।
डा.आचार्य नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् भने विष्ट प्रेस चौतारी नेपालको पूर्वअध्यक्ष हुन् ।भण्डारी यसअघि प्रेस काउन्सिल नेपालको सदस्य थिइन्।
राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तको सिफारिस गर्न सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहने कानुनी व्यवस्था छ।
अब यसलाई मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ।मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रधानमन्त्रीले पद तथा गोपनीयताको सपथ खुवाउने कानुनी व्यवस्था छ ।
