कीर्तिपुरको मेयरमा रास्वपाले उम्मेदवारी नदिने

२, मंसिर काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वटा वडाको वडाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ ।

सो पार्टीका कार्यवाहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त नगरपालिकामा पार्टीका तर्फबाट जयराम कार्कीले प्रारम्भिक उम्मेदवारीका लागि नाम दर्ता गरे पनि अन्तिम समयमा नाम फिर्ता लिने चाहाना राखेकाले पार्टीका तर्फबाट उम्मेदवारी नदिइने बताए ।