
३, मंसिर काठमाडौं । कामपा १६ नं वडामा एमालेका लक्ष्मीरत्न तुलाधरको घरदैलो,वडावासीले गरे अविर र माला लगाईदिंदै विजयको कामना
काठमाडौं महानगरपालिका वडा नं १६ को वडा अध्यक्ष पदका उम्मेदवार लक्ष्मीरत्न तुलाधरले आज वडावासीहरुसॅंग भोट माग्दै घरदैलो कार्यक्रमको औपचारिक शुरुवात गरेका छन्।
नेकपा (एमाले) बाट सर्वसम्मतले उम्मेदवार बनेका तुलाधर नेपाल रेडक्रस सोसाईटी काठमाजौं जिल्ला ,जेष्ठ नागरिक समाज,टोलसुधार समिति १६ वडा, युवा, महिला,बालबालिका लगायत समाजका सम्बद्द धेरै सामाजिक संघसंस्थाहरुमा र्रमुख नेतृत्वमा रहेर लामो समयदेखी सामाजिक कार्यहरु गर्दै आएका छन्।
अन्य पार्टीहरुका नेता तथा कार्यकर्ताका समेत आदर्श व्यक्तिको रुपमा परिचित समाजसेवी तुलाधर नै १६ नं वडाको वडा अध्यक्षमा भारी मतका साथ विजयी हुने एमाले सिंगो पार्टी,नेता,कार्यकर्ता र स्थानीयहरुको दाबी छ ।
त्यस्तै कीर्तिपुर नगरपालिकाको मेयर पदमा एमालेका सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार नगरपालिकाको कार्यालय पुगेर मानन्धरले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका थियो ।
उनले उम्मेदवारप्रतिको आशा व्यवहारमा परिणत गर्ने बताए । उनले भने, ‘यस पटक कीर्तिपुरमा एमाले र उम्मेदवारप्रतिको आशा व्यवहारमा परिणत गर्छौँ । एकता सहकार्यको इतिहास कायम गर्नेछौँ । कीर्तिपुरको समृद्धि र विकासका लागि काम गर्नेछौँ ।’ उनले आफ्नो कार्यकालमा समृद्ध कीर्तिपुर बनाउने घोषणा समेत गरे ।
