
१४, मंसिर काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजार ९ सय रुपैयाँले बढेर १ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ३०० सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको को छ।
आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो प्रतितोला चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
