
१६, मंसिर काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत बिहान ७ बजेबाट सुरु भएको मतदान ११ बजेसम्म २५ प्रतिशत सम्पन्न भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ४ घण्टाको अवधिमा २५ प्रतिशत मतदान सम्पन्न भएको जानकारी दिए ।
‘सबै स्थानमा मतदाताहरू उत्साहजनक रूपमा सहभागी भएका छन् । मतदान सुरु भएको ४ घण्टामा २५ प्रतिशत मत खसेको छ’, थपलियाले भने, ‘अहिलेसम्म सबै स्थानमा शान्तिपूर्ण ढङ्गले मतदान भइरहेको छ ।’
