
१६, मंसिर काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आइतबार राति अबेरबाट सुरु हुने भएको छ । २० स्थलमा ३८ मतदान केन्द्रबाट मतदान जारी रहेको छ ।
मतगणनाको पूर्व तयारी भइसकेको कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पुर्षोत्तम पौड्यालले जानकारी गराए ।
नगरपालिकाको हलमा मतगणना गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ । ‘मतपत्रका सबै बाकस आउनु पर्यो । भण्डारण गर्नुपर्यो । सर्वपक्षीय छलफल गर्नुपर्यो,’ पौड्यालले भने,‘सम्भवतः राति १० बजेपछि मतगणना सुरु हुन्छ ।’
