सबै धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै अघि बढ्नुपर्छ : कार्यवाहक प्रधानमन्त्री सिंह

१८,रौतहट मङ्सिर । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सबैले आफ्नो आस्थाअनुसारको धर्म, संस्कृति र परम्पराअनुसार अघि बढ्ने अवस्थाको जगेर्ना गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्रीसमेत रहनुभएका सिंहले मङ्गलबार रौतहटमा चलिरहेको पञ्चवर्षीय गढीमाई मेला महोत्सवमा सहभागी हुने क्रममा यस्तो बताए हो ।

नेपाल बहुधार्मिक, बहुभाषिक र बहुजातीय राष्ट्र भए पनि समाजमा आपसी सद्भाव सुदृढ रहेको र त्यसमा पुर्खाहरूको ठुलो योगदान रहेको सिंहको भनाइ थियो । आ–आफ्नो धर्मसंस्कृतिलाई संरक्षण र संवर्द्धन गर्न सबैले मिलेर अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए ।