
१९, मंसिर काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्ने बताएका छन् । उपनिर्वाचनको समग्र प्रतिवेदन आएपछि पार्टीका तर्फबाट भएका कमी, कमजोरीबारे समीक्षा गर्ने उनले बताए ।
उनले २०७९ सालको निर्वाचनमा पराजित भएका केही ठाउँमा समेत नेकपा एमाले विजयी भएको बताए । उनले स्थानीय तहको निर्वाचनलाई लिएर निराश हुनुपर्ने कारण नरहेको भन्दै आफ्नो पकड क्षेत्र भएका ठाउँमा पनि मत घटेकोप्रति भने समीक्षा गर्ने बताए । काठमाडौँको कीर्तिपुर नगरपालिकाको परिणाम आफ्नो पक्षमा नरहे पनि गत निर्वाचनको भन्दा प्रगति भएको उनले दाबी गरे ।
