शिक्षकको मासिक रूपमा तलब उपलब्ध गराउन सामान्य प्रशासन मन्त्रालयको पत्र

२१,  मंसिर काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकको तलब मासिकरूपमा उपलब्ध गराउन सबै स्थानीय पालिकालाई पत्राचार गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय मन्त्रालयलाई ताकेता गरेपछि सबै पालिकालाई शिक्षकको तलब उपलब्ध गराउन पत्राचार गरेको हो ।
‘शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा परिपत्र पठाउने भनी अनुरोध भई आएको हुँदा

पत्रको छाया प्रति यसै साथ संलग्न गरी आवश्यक जानकारी तथा कार्यार्थ पठाइएको ब्यहोरा आदेशअनुसार अनुरोध छ,’ संघीय मन्त्रालयको पत्रमा छ ।शिक्षकहरूले तलब नपाएको गुनासो गरेपछि शिक्षा मन्त्रालयले स्थानीय सरकारलाई तलब उपलब्ध गराउन भनेको थियो ।