रवि लामिछानेलाई पोखरा पुर्‍याइयो

२६, मंसिर काठमाडों । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्साबाट काठमाडौँ ल्याएर फेरि पोखरातर्फ लगिएको छ ।

बुधवार पर्सा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसँग बयान लिए लगत्तै विमानबाट उनलाई सिमरा काठमाडौँ हुँदै कास्की पुर्‍याइएको हो ।

उनलाई जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो ।