
२६, मंसिर काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रका सूचकमा सुधार देखिए पनि गत वर्षको भुक्तानी भएकाले मात्रै बढी खर्च भएको देखिएको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा राजस्व सङ्कलनको अवस्था एवम् भन्सार कार्यालयले बेहोर्नु परेका नीतिगत समस्या र समाधान विषयमाथि बुधवार भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘अहिले पनि समस्या खर्च गर्नेमै छ । खर्च गर्ने जहिल्यैको समस्या हो । राजनीतिक परिवर्तनका कारण सिद्धान्त र प्राथमिकता एक जनाले प्रस्तुत गर्नुभो तर बजेट कार्यान्वयन गर्नेमा अर्को मन्त्रीले पर्नुभो,’ पुनले भने, ‘चर्चा गरेभन्दा कम बजेट आएको छ । ठुला आयोजनाको टेन्डर भएको छैन ।’ नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको पुनको भनाइ छ ।
