
२७, मंसिर काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनले सहमतिमै नेतृत्व चयन गर्ने बताएका छन् । अर्थमन्त्री समेत रहेका पौडेलले पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशन नीति र नेतृत्व दुवै प्रश्नमा पूर्ण सहमतिका साथ सम्पन्न हुने बताएका हुन् ।
‘अन्य पदहरुमा निर्वाचन भएछ भने पनि मूल नेतृत्वमा, अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन’, पौडेलले भनेका छन्, ‘नेकपा एमालेलाई मात्र होइन, सिङगो राष्ट्रलाई सफल नेतृत्व प्रदान गर्नुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीकाविरुद्ध कसैले उम्मेवारी दिन्छ भन्ने मलाई लाग्दैन ।’
