
१, पुस काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसद र पत्रकारहरुबिचका सम्बन्धमा केही असहज जस्तो देखिएको बताउँदै यसमा खुल्ला बहस हुनुपर्नेमा जोड दिएका छन् । सोमबार ‘संसदीय पत्रकारिता, अवधारणा र अभ्यास’ नामक पुस्तकको विमोचन गर्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष दाहालले आचारसंहिता पालना गर्ने कुरामा पनि सबै पक्ष गम्भीर र संवेदनशील हुनुपर्ने बताए । उनले भने, ‘अहिलेका युवा पत्रकार खोजमा चासो दिने खालका छन् ।
आचार संहिताबारे पनि सबै गम्भीर र संवेदनशील बन्न जरूरी छ । यसमा अलि बहस हुनुपर्छ ।’ उनले सूचना नदिँदैमा पत्रकारहरु रिसाइहाल्नुनपर्ने बताए ।
