अर्थ समितिको बैठक मंगलबार बस्ने

१,पुस काठमाडौं । सोमाबार स्थगित भएको प्रतिनिधिसभा अन्तर्गत अर्थसमितिको बैठक मंगलबार बिहान ११ बजे बस्ने भएको छ ।

मंगरलबार बिहान ११ बजे बैठक बस्ने अर्थसमितिको सचिवालयले जानकारी दिइएको छ ।सोमबारको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यतालिका रहेको थियो ।

बैठकमा सत्ता पक्षीय सांसदहरूको उपस्थिति न्यून रहेको र कोरम नपुगेपछि बैठक स्थगित भएको थियो ।