६, पुस काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि मंकीपक्सको संक्रमित भेटिएपछि सचेत रहन आग्रह गरेको छ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालमा पुनस् मंकीपक्स पुष्टि भएपछि आवश्यक सावधानी अपनाउन सचेत गराएको हो ।बिहीबार साउदी अरेबियाबाट फर्किएका तनहुँका एक ३६ वर्षीय पुरुषलाई शुक्रबार मंकीपक्स पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएका वा शंकास्पद व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजान मन्त्रालयले सचेत गराएको छ । मन्त्रालयले सबैलाई सचेत रह र यदि कसैलाई मंकीपक्ससँग मिल्दो लक्षण भेटिए अस्पताल गएर चिकित्सकको सल्ला लिने र मन्त्रालयको हेलो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन सूचित गरेको छ ।
साथै, यसको निदानका लागि मन्त्रालयबाट हरेक प्रदेशमा अस्पतालहरूसमेत तोकी विशेषज्ञहरू तोकिसकिएकोले हुनाले उनीहरूबाट परामर्श लिन सकिने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरू र प्रयोगशालाद्वारा निगरानी र सजगता बढाइएको बताएको छ ।
