७, पुस, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १३.५३ अंक (०.५३ प्रतिशत) ले घटेको छ । बजार २५८३.२९ बिन्दुमा रोकिएको छ ।
आइतबार कुल ३ सय १९ धितोपत्रको ५७ हजार ८ सय ६३ वटा कारोबार भएको छ । यस दिन ९१ लाख ८० हजार ७ सय १८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १ सय ७ रुपैयाँ बराबर कारोबार भएको छ ।
आइतबार जलविद्युत्, उत्पादन तथा प्रशोधन बाहेक सबै उपसमूहको मूल्य घटेको छ । सबैभन्दा धेरै( २.०५ प्रतिशत) विकास बैंक उपसमूहका लगानीकर्ताले गुमाएका छन् । लगानी उपसमूहका लगानीकर्ताले १.१८ प्रतिशत बराबर घाटा बेहोरेका छन् ।
