
९, पुस काठमाडौं । नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् । इटहरीमा सम्पन्न ५१ औँ महाधिवेशनबाट सन् २०२५ का लागि थापा राष्ट्रिय अध्यक्षमा निर्वाचित भएकी हुन् ।
उनले ७६२ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी जीवन कार्कीले ४५३ मत पाएका थिए ।यस्तै राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा ४ जना निर्वाचित भएका छन् । जसमा गणेश सापकोटा, कृष्ण सापकोटा, एलिना महर्जन र सौरभ श्रेष्ठ निर्वाचित भएका हुन् । उक्त पदका लागि ८ जनाको उम्मेदवारी परेको थियो ।
