सरकार संसदबाट तर्किएर हिंडिरहेको छ : सभामुख घिमिरे

१० ,पुस, काठमाडौं । सभामुख देवराज घिमिरेले सरकार संसदबाट तर्किएको बताएका छन् ।

संसद सरकार जन्माउने आमा भएको उल्लेख गर्दै सभामुख घिमिरेले जन्माएको आमाबाट सरकार टाढा हुने, तर्सिने, तर्किने कार्य गरेको बताएका छन् ।

संघीय संसद् सचिवालयले नगरकोटमा गरेको एक कार्यक्रममा बोल्ने क्रममा सभामुख घिमिरेले भने, ‘संसद सरकार जन्माउने आमा हुन् । तर, आफूले जन्माएको सरकार आमाबाट टाढा हुने, त्यसलाई बाधा बन्ने, तर्सिने, तर्किने आदि जे गरेर हिडिंरहेको छ । यो बेठीक छ ।’ संसदप्रति सरकार पूर्ण रुपमा जवाफदेही हुनुपर्ने घिमिरेले बताए ।