मधेश प्रदेश सभाको चौथो अधिवेशन आजदेखि

२३, पुस काठमाडौं । मधेश प्रदेश सभाको चौथो अधिवेशन आजदेखि शुरु हुँदैछ।

मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा गत १६ गते मंगलबार सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चौथो अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को बैठकको निर्णय बमोजिम सिफारिस भएर आएपछि प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको चौथो अधिवेशन पुस २३ गते मंगलबार दिउँसो १ बजेबाट लागू हुनेगरी आह्वान गरेका हुन्।

सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको बैठक आह्वान गरेपछि प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ३ को उपनियम (१) र (४) बमोजिम प्रदेश सभा सदस्यलगायतको जानकारीको लागि प्रदेश सभा सचिवालयले सूचना जारी गरिसकेको प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए।