
२६, पुस काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले निगम १० अर्ब नाफामा रहेको बताएका छन् । नेपाल आयल निगमको ५५ औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
देशको पहिलो ठुलो कारोबार गर्न सफल संस्थाको रूपमा निगम सफल भएको छ, उनले भने, ५४ वर्षको अवधिमा थुप्रै चुनौती सामना गर्नु पर्यो तर प्रतिफल राम्रो भएको छ ।२०७६ बाट सञ्चालनमा आएको मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइमार्फर डिजेल आयात हुँदा ३ रुपैयाँ प्रतिलिटर सस्तो परेको उनको भनाई छ ।
