राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

२७, पुस काठमाडौं । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।

पृथ्वीनारायणको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सिंहदरबार पश्चिम गेटमा रहेको सालिकमा माल्यार्पण गरेका हुन् ।

पृथ्वीनारायण शाहको जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरेर राष्ट्रिय एकता दिवसका रुपमा मनाइँदै छ ।