
३, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा जाने भएका छन्।
आज हुने विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुनको लागि प्रधानमन्त्री ओली पोखरा जान लागेका हुन्। प्रतिष्ठानको दीक्षान्त समारोह आज दिउँसो हुँदैछ।
दीक्षान्त समारोहमा मेडिकल विज्ञान संकाय पोस्टग्रयाजुएट (चिकित्सा डाक्टर(शल्यचिकित्सा स्नातकोत्तर, एमडी(एमएस) का प्रथम र दोस्रो ब्याचका विद्यार्थीहरु दीक्षित हुँदैछन्।
