एमालेमा फर्किँदै बामदेव गौतम

६, माघ काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानको संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम अन्ततः नेकपा एमालेमै फर्किंने भएका छन् । नेता गौतम एमालेमै फर्किने तयारीमा जुटेका छन्।

नेता गौतमले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर एमालेमै फर्किने विषयमा छलफल गरेका हुन् । पार्टीका नेता डीबी कार्कीका अनुसार गौतम एमालेमा फर्किंदैछ । ‘अब हामी नअल्मलिने भयौं, एमालेमै जाने भयौं’, कार्कीले भने। पार्टीको यस्तो तयारीसँग असन्तुष्ट चार जनाले पार्टी छाडेको पनि उनले बताए ।

उनका अनुसार, एकता अभियानमा सरिक भएका महेन्द्र अर्याल, हरि काफ्ले, इन्द्र सुब्बा र डिल्लीराज भट्टले एकीकृत समाजवादीसँग एकता हुनुपर्ने अडान लिएका थिए। एमालेमा जाने भएपछि उनीहरुले अभियानबाट अलग भएको घोषणा गरेका हुन्।