लुम्बिनी प्रदेश सरकारले सेवा प्रवाहलाई पूर्ण पारदर्शि बनाउने

६, माघ काठमाडौं । लुम्बिनी प्रदेश सरकारले हरेक काम पारदर्शी जनउत्तरदायी बनाउन पहल थालेको छ । सरकारको कार्ययोजनाबारे जनतालाई जानकारी दिने प्रक्रियालाई थप व्यवस्थित बनाउन विभिन्न महत्त्वपूर्ण कदम चालिएको हो ।

आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित प्रवक्ता तथा सूचना अधिकारीहरूका लागि अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा मुख्यमन्त्री आचार्यले पारदर्शिता र सुशासन प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताए।

उनले सरकारका हरेक काममा जनताको प्रत्यक्ष पहुँच सुनिश्चित गर्न सूचना व्यवस्थापन सुधारमा जोड दिइएको उल्लेख गरे ।