
९ माघ,काठमाडौं ।सरकारले ऋण असुली पुनरावेदन न्यायाधिकरणको पुनरावेदन सुन्ने अधिकारीमा शेखरप्रसाद पौडेललाई नियुक्त गरेको छ।
बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन,२०५८ को दफा ९ बमोजिम पौडेललाई सरकारले पुनरावेदन सुन्ने अधिकारी नियुक्त गरेको हो।
अर्थ मन्त्रालयका राजस्व सचिव दिनेशकुमार घिमिरेका अनुसार बैंक तथा वित्तीय संस्थाको ऋण असुली नियमावली,२०५९ को नियम ३४ को उपनियम २ बमोजिम उच्च अदालतबाट अवकाशप्रात्त न्यायाधीश पौडेललाई उच्च अदालतका न्यायाधीशले पाए सरहरको पारिश्रमिक र सुविधा उपलब्ध गराइने गरि नियुक्त गरिएको हो।
