काँग्रेस संसदीय दलको बैठक आज बस्दै

१३, माघ काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्नेछ।

संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न काँग्रेस संसदीय दलको बैठक आइतबार बस्न लागेको हो ।बैठकमा सरकारले ल्याएका अध्यादेश, अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि प्रस्तुत भएका विधेयकबारे छलफल गर्नेछ । संसद्को हिउँद अधिवेशन माघ १८ शुरु हुँदैछ।